वि.सं.२०८३ असोज ७ बुधवार

नेकपाको केन्द्रीय संयोजन समितिमा गणेशमान पुन र जयपुरी घर्ती मनोनीत

khanepani

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को ४५ सदस्यीय उच्च तहको ‘केन्द्रीय कार्य संयोजन समितिमा रुकुमपूर्वका गणेशमान पुन ‘रश्मी’ र रोल्पाकी जयपुरी घर्ती ‘नमुना’ मनोनीत भएका छन् ।

स्वास्थ्य अवस्थाका कारण नेकपाका वरिष्ठ नेता कृष्णबहादुर महरा र साबिक नेकपा (माओवादी केन्द्र) का तत्कालीन केन्द्रीय कार्यालय मुख्य सचिवसमेत रहेका नेता श्रीराम ढकाल केन्द्रीय कार्य संयोजन समितिबाट बाहिरिएपछि रिक्त स्थानमा पुन र घर्तीलाई मनोनीत गरिएको हो ।

गणेशमान रुकुमपूर्वका पूर्व स्थायी समिति सदस्य हुन् । उनी संविधानसभा सदस्य हुँदै आपूर्ति मन्त्री बनेका थिए । हाल उनी नेकपाको केन्द्रीय कार्यालयका मुख्य सचिवका रूपमा जिम्मेवारीमा छन् । रोल्पाकी जयपुरी पूर्वमन्त्री तथा साबिक माओवादी केन्द्रकी पूर्व स्थायी समिति सदस्य हुन् ।

ranechhap