रूपन्देही । नेपाली कांग्रेस दाङका चार पूर्वसभापतिहरूले पार्टीको १५ औँ महाधिवेशन प्रक्रिया बहिष्कार गरेका छन् ।
निवर्तमान सभापति कृतिबहादुर खड्का, पूर्वसभापति घनश्याम रेग्मी, बिरकेशरी गौतम र गेहेन्द्र गिरी अहिले पार्टी केन्द्रीय समूहमा इतर पक्षमा छन् ।
उनीहरूसँगै राष्ट्रियसभा सदस्य वासुदेव जंगली, राप्ती बबई क्याम्पसका अध्यक्ष श्याम रेग्मी, पूर्वसचिव कुमुदराज शर्मा, गोपलराज शर्मा, बद्री खड्का, पूर्ण मल्ल, श्याम विकलगायतका नेताले महाधिवेशन बहिष्कारको पक्षमा छन् ।
दाङबाट अहिले कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा योगेन्द्र चौधरी रहेका छन् । यसअघि देउवा पक्षमा बलियो मानिएका पूर्वमुख्यमन्त्री डिल्ली चौधरी पनि वडा अधिवेशनमा भाग लिएर प्रतिनिधि छानिएका छन् ।
चौधरीले देउवा समूहको लुम्बिनी प्रदेश भेलाको समन्वय समेत गरेका थिए ।






































