कैलाली । भजनी नगरपालिका र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा असोज ३ र ४ गते सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ आँखा शिविरबाट १ हजार १ सय ९७ जना सेवाग्राही लाभान्वित भएका छन्।
शिविरमा १ हजार १ सय ९७ जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १ सय २० जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको छ भने ४ सय ५१ जनालाई चश्मा वितरण गरिएको आयोजकले जनाएको छ। यस्तै, सबै १ हजार १ सय ९७ जना सेवाग्राहीलाई आवश्यक औषधि वितरण गरिएको थियो।
निःशुल्क आँखा शिविरबाट आर्थिक अवस्था कमजोर भएका तथा विशेषज्ञ आँखा उपचारको पहुँचबाट टाढा रहेका स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुगेको गेटा आँखा अस्पतालकी निर्देशक डा. सुजाता भण्डारीले बताइन् ।






































