वि.सं.२०८३ असोज ५ सोमवार

काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरिएको बसमा आगलागी, पूर्ण रूपमा जलेर नष्ट

khanepani

काठमाडौँ । काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरी राखिएको एक यात्रुवाहक बसमा आगलागी भएको छ ।

धादिङ–काठमाडौँ रुटमा सञ्चालन हुने बा ३ ख ५०४३ नम्बरको रोकिराखेको बसमा गएराती अचानक आगलागी भएपछि बस पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

रातिको समयमा पार्किङमा रहेको गाडीमा आगो लागेका कारण कुनै मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।

ranechhap