वि.सं.२०८३ असोज १ बिहीवार

देउवा पक्षका ५१ नेता सानेपा बैठकमा जाने, मीन विश्वकर्मा भन्छन्- अरुसँग पनि छलफल हुँदैछ

khanepani

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा कार्यसमितिमा ५१ जना नेताहरू सानेपा जान तयार भएका छन् ।

विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आह्वान गरेपछि असन्तुष्ट नेताहरू पनि सानेपा फर्किन तयार भएका हुन् ।

कांग्रेसको केन्द्रीय समिति बैठक दिउँसो २ बजे बस्दै छ ।

आजको बैठकमा आफूसहित ५१ जना नेताहरू सहभागी हुने नेता मीनबहादुर विश्वकर्माले बताए ।

उनले भने, ‘अहिलेसम्म ५१/५२ जना नेताहरू सानेपा जान तयार भएका छौँ । अरूसँग पनि छलफल हुँदै छ ।’

पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरू संस्थापन पक्षमा लागेका हुन् ।

देउवा छाडेर गगनतिर लाग्नेहरुमा डिना उपाध्याय, किशोरसिंह राठोर, श्याम घिमिरे, रामहरि खतिवडा, सुरेन्द्र पाण्डे, मीनबहादुर विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, इन्द्रबहादुर बानियाँ, नैनसिंह महर, जीवनबहादुर शाही, सुशीला थिङ, गोविन्द भट्टराईलगायत रहेका छन् ।

ranechhap