काठमाडौं। राजधानी मोडेल कलेजले रसुवा र भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष छात्रवृत्ति योजनाको घोषणा गरेको छ।
कलेज प्रशासनका अनुसार विपद्मा परेका परिवारका उत्कृष्ट १० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। बीबीए, बीएचएम र बीसीएस आईटी जस्ता उच्च माग भएका स्नातक कार्यक्रमहरूमा उपलब्ध गराइने यस छात्रवृत्ति योजनाको कूल लागत ७० लाख रुपैयाँभन्दा बढी रहेको छ।
दैवी विपत्तिका कारण आर्थिक संकटमा परेका कारण कुनै पनि प्रतिभाशाली विद्यार्थी उच्च शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भनेर सामाजिक दायित्व बहन गरिएको कलेजले जनाएको छ।







































