वि.सं.२०८३ भदौ २६ शुक्रवार

रसुवा बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावितः होल्डिङ सेन्टरमा रहेका २५ जनालाई झाडापाखाला

khanepani

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदिनमा आएको १० भदौको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावित भएको भएको प्रारम्भिक आँकलन गरिएको छ ।

उक्त विनाशकारी बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावित भएको प्रारम्भित आँकलन गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डा. विकास देवकोटाले वागमती प्रदेश सरकार र सरकारका विभिन्न संयन्त्रमार्फत संकलन गरिएको तथ्यांकका आधारमा प्रभावित जनसंख्याको आँकलन गरिएको जानकारी दिए । उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका २५ जनालाई झाडापाखा लागेको भेटिएको पनि बताए ।

ranechhap