वि.सं.२०८३ भदौ २६ शुक्रवार

पाल राष्ट्र बैंकद्वारा आजको विदेशी विनिमयदर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, हेर्नुहोस् दरभाउ

नेपालराष्ट्र बैंकद्वारा आजको विदेशी विनिमयदर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, हेर्नुहोस् दरभाउ

khanepani

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ।

केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १ पैसा कायम भएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ २ पैसा रहँदा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ५३ पैसा र बिक्रीदर २०७ रुपैयाँ ३४ पैसा तोकिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा कायम गरिएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३७ पैसा र बिक्रीदर ११० रुपैयाँ ८० पैसा, तथा सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ४७ पैसा र बिक्रीदर १२० रुपैयाँ ९४ पैसा तोकिएको छ।

खाडी तथा एसियाली मुलुकहरूको मुद्रातर्फ, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा कायम भएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा रहँदा जापानी येन १० को खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा तोकिएको छ। यस्तै मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३५ पैसा र थाई भाट एकको खरिददर ४ रुपैयाँ ६३ पैसा छ।

उच्च मूल्य रहेका अन्य मुद्राहरूमा कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ २ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ २४ पैसा र ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ८६ पैसा कायम भएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।

केन्द्रीय बैंकले आवश्यकता अनुसार विनिमयदर दिनभरमा जुनसुकै समय संशोधन हुन सक्ने र वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक पर्न सक्ने जनाएको छ।

ranechhap