वि.सं.२०८३ भदौ २४ बुधवार

मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य, सन्दीपको चार विकेट

khanepani

काठमाडौं। मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ ।
क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा जारी खेलमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन जोड्यो ।

उसका लागि बाबर हयातले शतकीय इनिङ्स खेले । उनी ११७ रनमा अविजित रहे । यस्तै, शाहिद वसिफले ४५, जिशन अलीले १५ रन जोड्दा एहसान खान ३५ रनमा नटआउट रहे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार तथा यस्तै, शेर मल्लले तीन विकेट लिए ।

यस खेल जितेमा नेपाल समूह विजेता बन्ने छ । जारी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अपराजित छ । नेपाल ताजा स्थितिमा छ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो ।

ranechhap