वि.सं.२०८३ भदौ २१ आइतवार

मुलुकको शासकीय स्वरूप परिवर्तन संविधान संशोधनको मुख्य एजेण्डा बन्नुपर्छः वरिष्ठ अधिवक्ता ज्ञवाली

khanepani

काठमाडौ । संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले शासकीय स्वरूप परिवर्तन संविधान संशोधनको मुख्य एजेण्डा बन्नुपर्ने बताए ।

आईतवार ललितपुरमा आयोजित ‘पुनर्विचारः समयानुसार संविधानमा सुधार’ विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताए ।

उहाँले सरकारले गठन गरेको संविधान संशोधन कार्यदलमा प्राप्त सुझावका आधारमा संविधान कार्यान्वयनको समीक्षा गरि पुनरावलोकन गर्नुपर्ने बताए ।

उहाँले संविधान संशोधनको बहसलाई केवल केही धारामा सामान्य हेरफेर गर्ने विषयका रूपमा सीमित गर्न नहुने समेत बताए ।

ranechhap