वि.सं.२०८३ भदौ २१ आइतवार

भोटेकोशी बाढीबारे छलफल गर्न प्रचण्डले बोलाए केन्द्रीय संयोजन समिति बैठक

khanepani

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएका छन्।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पार्टीको तर्फबाट भइरहेका खोजी, उद्धार र राहत वितरणको समीक्षा र थप योजना बनाउनका लागि बैठक बोलाएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार बैठक केही बेरमा सुरु हुनेछ।

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पार्टीले गरेका कामको समीक्षा र आगामी योजना बनाउन बैठक बोलाएको हो’, ज्वालाले भने। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँको तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको थियो ।

पार्टीको तर्फबाट बागमती प्रदेशका इन्चार्ज डा. गंगालाल तुलाधरको संयोजकत्वमा केन्द्रीय खोजी, उद्धार र राहत टोली गठन गरेको थियो।

ranechhap