वि.सं.२०८३ भदौ २० शनिवार

विराटनगर कारागार तनावग्रस्त: रकम असुली र यातनाको आरोपपछि कैदीबन्दीबीच भिडन्त

मोरङ कारागारमा दुई पक्षबीच झडप: प्रहरी पुग्दा नाराबाजी, १९ कैदीबन्दी नियन्त्रणमा

khanepani

विराटनगर । विराटनगर–८ स्थित जिल्ला कारागार मोरङमा शुक्रबार दिउँसो कैदीबन्दीका दुई समूहबीच झडप भएको छ। झडपपछि स्थिति नियन्त्रणमा लिन कारागारको ‘बी ब्लक’बाट १९ जना कैदीबन्दीलाई बाहिर निकालिएको छ।

कारागारका चौकीदार विशाल निरौलाको समूहले अन्य कैदीबन्दीलाई यातना दिएको तथा अवैध रूपमा रकम असुली गरेको आरोप अर्को पक्षले लगाएपछि विवाद सुरु भएको थियो। सोही विवाद उग्र बन्दै गएपछि दुई पक्षबीच हातहाल र झडपको स्थिति बनेको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए।

यसअघि सुरक्षाकर्मीलाई सहज प्रवेश नभएको भनिएको ‘बी ब्लक’मा घटनालगत्तै प्रहरी टोली पुगेको थियो। प्रहरी टोली भित्र प्रवेश गर्ने क्रममा कैदीबन्दीहरूको एक समूहले विरोध जनाउँदै नाराबाजीसमेत गरेका थिए। थप अप्रिय घटना हुन नदिन प्रहरीले विवादमा संलग्न १९ जनालाई तत्काल उक्त ब्लकबाट बाहिर निकालेर कारागारको सुरक्षा व्यवस्था कडा बनाएको छ।

ranechhap