वि.सं.२०८३ भदौ १५ सोमवार

निगमका पूर्वकार्यकारी निर्देशकको सुझाव- ४५० र ५ केजी सिलिन्डर खुला गरी ग्यास आपूर्ति सहज बनाऔँ

khanepani

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकातर्फ आउने ग्यास आपूर्ति ठप्प भएको छ ।

सडक मर्मत हुन केही दिन लाग्ने देखिएको र ठूला बुलेटहरू काठमाडौं भित्रिन नसक्ने अवस्था आएपछि नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक चण्डिका भट्टले ग्यास आपूर्ति सहज बनाउन विकल्प सुझाएका छन् ।

उनका अनुसार, उपत्यकामा ग्यासको अभाव हुन नदिन तत्कालै ४५० केजी र ५ केजीका सिलिन्डर मार्फत ग्यास आपूर्ति खुला गर्नुपर्छ ।
भट्टले एलपीजी ग्यास उद्योगीहरूलाई भारतबाट आउने ठूला ग्यास बुलेटहरुलाई चितवनमै रोकेर ४५० केजीका सिलिन्डरमा ग्यास अनलोड गर्न निर्देशन दिनुपर्ने बताएका छन् । त्यसरी अनलोड गरिएका सिलिन्डरलाई साना ट्रकमा राखेर सहजै काठमाडौं भित्र्याउन सकिने उनको भनाइ छ ।

साना उपभोक्ता तथा साना व्यवसायीहरुको सहजताका लागि ५ केजीका सिलिन्डरहरू पनि बजारमा खुला गर्दा उपयुक्त हुने कुरा उनले समाजिक सञ्जालनमा लेखेका छन् ।

‘ठूला सिलिन्डरबाट साना ट्रकमा ओसारपसार गर्ने र ५ केजीका सिलिन्डरको प्रयोग बढाउने हो । भने काठमाडौं उपत्यकामा ग्यासको हाहाकार नहुने र आपूर्ति प्रणाली थप व्यवस्थित बन्ने छ,’ उनले फेसबुकमा लेखेका छन् ।

ranechhap