वि.सं.२०८३ भदौ १२ शुक्रवार

बारामा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

khanepani

काठमाडौं । बारामा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कलैया उपमहानगरपलिका-१४ बस्ने ३३ वर्षीय सुजित पाण्डेको मृत्यु भएको हो ।

बिहीबार राति १० बजे कलैया उपमहानगरपलिका-१४ स्थित लक्ष्मिनिया चोकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेश प्रदेश ०३-०२८ प ७१९६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो । घाइते भएका पाण्डेलाई अस्थायी प्रहरी पोस्ट बारा बसपार्कको प्रहरी टोलीले प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।

त्यहाँ सामान्य उपचारपछि उपचारका लागि ब्योधा अस्पताल वीरगन्ज पठाइएकोमा यसै अस्पतालमा राति १०:५० बजे पाण्डेको मृत्यु भएको घोषणा चिकित्सकले गरेका थिए ।

दुर्घटनामा परेको मोटरसाइकल बारा बसपार्कस्थित अस्थायी प्रहरी पोस्टको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

ranechhap