काठमाडौं । तिब्बती क्षेत्रमा पुनः ताल फुटेपछि नेपाल प्रहरी तथा स्थानीय प्रशासनले त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिकै थुनिएर बनेको ठूलो ताल फुटेको सूचना प्राप्त भएको छ। यी खोला तथा नदीहरू त्रिशूलीका माथिल्ला सहायक नदी हुन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षबाट ताल फुटेको औपचारिक जानकारी आएलगत्तै तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन सर्कुलर जारी गरिएको छ। नेपाल प्रहरीले पनि उद्धारमा खटिएका सुरक्षाकर्मीसहित सर्वसाधारण सबैलाई तत्काल सतर्क रहन अनुरोध गरेको छ।






































