वि.सं.२०८३ भदौ ९ मंगलवार

सर्वोच्च अदालतले दर्ता गर्‍यो देउवा र खड्काको पूरक निवेदन, ११ गते पेसी

khanepani

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् ।

देउवाको वारेस भएर कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस भएर अधिवक्ता श्रवणकुमारले सोमबार महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूरक निवेदन पेस गरेका थिए ।

निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रातोपाटीलाई जानकारी दिए । देउवा र खड्काको निवेदनमा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी रूपमा सुरु गरेको महाधिवेशनको प्रक्रिया रोक्न माग गरिएको छ ।

रिटको सुनुवाइ ११ गतेका लागि तोकिएको सर्वोच्चका प्रवक्ता कोइरालाले जानकारी दिए ।

कांग्रेसको आधिकारिकता र नेतृत्व अद्यावधिकको विवादमा सर्वोच्च अदालतले सुरुबाटै सुनुवाइ गर्ने अनुमति दिएको छ ।

सर्वोच्चले सुरुबाटै सुनुवाइ गर्ने अनुमति दिएपछि पनि एकलौटी महाधिवेशनको प्रक्रिया सुरु गरेको भन्दै इतर समूहले त्यो प्रक्रिया रोक्न सर्वोच्चमा सोमबार रिट दायर गरेको हो ।

ranechhap