वि.सं.२०८३ भदौ ८ सोमवार

कालीमाटी फलफूल तथा तरकारी बजार: अधिकतम थोक मूल्य सूची

khanepani

काठमाडौं । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

तरकारीतर्फ ठूलो नेपाली गोलभेँडा प्रतिकिलो रु ९०, ठूलो भारतीय गोलभेँडा रु १००, सानो लोकल गोलभेँडा रु ५५, सानो टनेल गोलभेँडा रु ७३, लाम्चो रातो आलु रु ५१, गोलो रातो आलु रु ५३, मुढेको रातो आलु रु ५३, भारतीय रातो आलु रु ४०, सेतो आलु रु ३८ र भारतीय सुकेको प्याज रु ८० तोकिएको छ। यस्तै लोकल गाजर प्रतिकिलो रु १२०, तराई गाजर रु ८०, लोकल बन्दा रु ४५, स्थानीय काउली रु ११०, रातो मूला रु ३०, हाइब्रिड सेतो मूला रु ३५, लाम्चो भन्टा रु ३०, डल्लो भन्टा रु ६०, तने बोडी रु ९०, मकै बोडी रु १२०, लोकल तथा हाइब्रिड घिउ सिमी रु १००, टाटे सिमी रु ८०, भटमास कोसा रु १३०, तीते करेला रु ५०, लौका रु ६०, परवर (लोकल र तराई दुवै) रु ८०, चिचिण्डो रु ३०, घिरौँला रु ३०, झिगुनी रु ७०, पाकेको फर्सी रु ६०, हरियो डल्लो फर्सी रु ६०, भिन्डी रु ५०, पिँडालु रु ८०, स्कुस रु ५०, ब्रोकाउली रु १६०, चुकन्दर रु ७०, सजीवन रु २५०, रातो बन्दा रु ५०, गान्टेमूला रु १५०, निउरो रु १००, इमली रु १८०, तामा रु १६०, तोफु रु १६०, गुन्द्रुक रु ३५० र रुख टमाटर रु ३०० कायम भएको छ।

साग तथा जडीबुटीमा रायो साग प्रतिकिलो रु १२०, तोरीको साग रु १००, पालुङ्गो रु २५०, हरियो प्याज रु २००, जिरीको साग रु ५००, सेलरी रु ५००, पार्सले रु १,८००, सौफको साग रु १५०, पुदिना रु ७००, हरियो धनियाँ रु ५००, कुरिलो रु ५००, कन्य च्याउ रु ३००, डल्ले च्याउ रु ५००, राजा च्याउ रु ३३० र सिताके च्याउ रु १,००० निर्धारण गरिएको छ।

मसला तथा खुर्सानीतर्फ अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी रु ५५०, लाम्चो हरियो खुर्सानी रु ७०, बुलेट हरियो खुर्सानी रु ७०, माछे हरियो खुर्सानी रु ५०, अकबरे खुर्सानी रु ३००, भेडे खुर्सानी रु ५०, हरियो लसुन रु २००, चाइनिज सुकेको लसुन रु २३०, नेपाली सुकेको लसुन रु २००, सुकेको छ्यापी रु २०० र हरियो छ्यापी रु २०० कायम भएको छ।

फलफूलमा फुजी स्याउ प्रतिकिलो रु ३५०, नेपाली केरा प्रतिदर्जन रु ३००, मालभोग केरा प्रतिदर्जन रु २००, कागती रु ३००, अनार रु ३००, मालदह आँप रु २८०, चोसा आँप रु २५०, हरियो तरबुजा रु ६०, जुनार रु २००, भुइँकटहर प्रतिगोटा रु २००, लोकल काँक्रो रु ५०, हाइब्रिड काँक्रो रु २०, लोकलक्रस काँक्रो रु ५०, रुखकटहर रु ६०, लोकल नास्पाती रु ९०, चाइनिज नास्पाती रु २५०, नेपाली मेवा रु ८०, भारतीय मेवा रु १००, लप्सी रु ६०, किबी रु ४००, एभोकाडो रु २५०, अमला रु २००, काँचो नरिवल रु ८०, हरियो नरिवल रु १७० र नेपाली ड्रागन फ्रुट रु ५०० तोकिएको छ।

माछाजन्य वस्तुमा सुकेको माछा प्रतिकिलो रु १,०००, ताजा रहु माछा रु ३७०, ताजा बचुवा माछा रु ३४० र ताजा छडी माछा रु ३५० निर्धारण गरिएको छ।

ranechhap