वि.सं.२०८३ भदौ ४ बिहीवार

प्रदेश प्रमुखले स्वीकारे राप्रपाको दलीय समर्थन, ४ बजे किरणलाई मुख्यमन्त्री नियुक्त गर्दै

khanepani

हेटौँडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्रीमा एमालेका किरण थापालाई नियुक्त गर्ने भएका छन् । आज ४:५ बजे मुख्यमन्त्री नियुक्त हुने र ४:२० मा शपथ समारोह राखिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ ।

थापालाई मुख्यमन्त्री बनाउन एमाले, नेकपा र राप्रपा गरी तीनवटा दलको समर्थनसहितको निवेदन आएको भन्दै सोही निवेदन अनुरूप सरकार गठनको कारबाही अघि बढाइने प्रदेश प्रमुखको प्रष्टीकरण छ ।

यहाँ पार्टी निर्णयविपरीत सरकार गठन प्रक्रियामा लागेको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापालगायतका नेतालाई कारबाही तयारी गरेको छ ।

ranechhap