वि.सं.२०८३ भदौ ५ शुक्रवार

आईजीपीलाई खगेन्द्र सुनारको चुनौती- मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, जवाफ दिन तयार छु

khanepani

काठमाडौं । रास्वपाका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेको दाबी गरेका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने बताए।

उनले भने, ‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु।’

उनले आफ्नो मानमर्दन भएजस्तो लागे अदालत गएर मुद्दा हाल्न चुनौती दिए।

उनले थपे, ‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला, कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु। तर एउटा सार्वभौम समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन।’

ranechhap