काठमाडौं । रास्वपाका सांसद भरत पराजुलीले सरकारले राम्रो काम गरिरहेकाले धेरै आलोचना भएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै केही गर्छु भन्ने मान्छेको धेरै आलोचना हुने बताए।
उनले भने, ‘प्रधानमन्त्रीज्यू देशको मुहार फेर्छु भनेर अहोरात्र खटिराख्नुभएको छ। निरन्तर काम गर्दा उहाँकै आलोचना हुन्छ।
जिम्मेवार सरकारको प्रतिनिधिको हैसियतमा मन्त्री सुनिल लम्साल देशभर आफैँ गाडी चलाएर पुग्नु भएको छ। जनताको समस्या बुझ्नको लागि, उहाँ कुनै रिवन काट्न जानु भएको होइन।’
उनले विपक्षीलाई राम्रा काममा सहयोग गर्ने र नराम्रो कामको मात्रै विरोध गर्न आग्रह गरे।







































