वि.सं.२०८३ साउन २९ शुक्रवार

रास्वपा सांसद सुनारको व्यवहारबारे ध्यानाकर्षण गराउन आईजीपी कार्की सिंहदरबारमा

khanepani

काठमाडौँ । सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि गरेको व्यवहारबारे ध्यानाकर्षण गराउन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याललाई भेट्न सिंहदरबार पुगेका छन्।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सत्तारुढ दल रास्वपाका सांसद सुनार म्यादी प्रहरी र प्रहरीको पोसाक खरिदमा अनियमितता भएको आरोप लगाउँदै गृहसचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरीक्षक कार्कीविरुद्ध खनिएका थिए।

सुनारले प्रहरीमा जुत्ता, मोजा, कपडालगायतका सामग्री खरिदमा अनियमितता भएको आरोप लगाउँदै छानबिनको माग मात्र गरेनन्, आईजीपी कार्कीमाथि समेत प्रश्न उठिसकेकाले पदबाट अलग गरेर छानबिन गर्नुपर्ने बताएका थिए।

यसैगरी, कार्कीमाथि सांसदले गरेको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले पनि असन्तुष्टि जनाएका छन् । शुक्रबार संसद्को कानुन समितिमा बोल्दै गृहमन्त्री गुरुङले आरोपका भरमा कसैको चरित्र हत्या गर्न नमिल्ने भन्दै असन्तुष्टि जनाएका हुन् ।

ranechhap