जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–६ का वडा अध्यक्ष दिनेशप्रसाद साहको निधन भएको छ । आज बिहान ५ बजे उनको असामयिक निधन भएको हो ।
उपमहानगरपालिकाले उनको निधनमा शोक संदेश जारी गर्दै आज एक दिनका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सरकारी सेवा बन्द गरेको जनाएको छ ।
उपमहानगरपालिकाका अधिकृत दशौं मेहीलाल यादवले जारी गरेको शोक संदेशमा कार्यालय तथा मातहतका सबै वडा कार्यालयका सेवा बन्द रहने उल्लेख छ । उपमहानगरपालिकाले दिवंगत साहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।







































