वि.सं.२०८३ साउन २२ शुक्रवार

नेपाली बजारमा आज सुन एकैदिन तोलाको आठ हजारले बढ्यो,कतिमा हुदै कारोबार ?

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ८ हजारले बढेर तोलाको २ लाख ९६ हजारमा कारोबार भइरहेको छ । यस अघि बुधबार सुन तोलाको २ लाख ८८ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर तोलाको ४५७० मा कारोबार भइरहेको छ । यस अघि बुधबार चाँदी तोलाको ४४७५ मा कारोबार भएको थियो ।

ranechhap