वि.सं.२०८३ साउन २० बुधवार

कांग्रेसले भन्यो, ‘सुनसरी घटनामा कमजोरी लुकाउन सरकारले देखावटी छानबिन समिति बनायो’

khanepani

काठमाडौं । नेपाली कांग्रेसले सुनसरी घटनामा सरकारले आफ्ना कमजोरी लुकाउन र जनतालाई भ्रम छर्नको लागि देखावटी समिति बनाएको आरोप लगाएको छ।

आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले घटनाको निष्पक्ष छानबिन गर्नको लागि उच्चस्तरीय न्यायिक आयोगको माग गरे।

उनले भने, ‘सुनसरीको देवानगञ्ज, कप्तानगञ्ज घटनामा सरकारले संयमता पनि गुमायो, जवाफदेहिता पनि सरकारमा देखिएन। के यस्तै हुन्छ सरकाररु जनताको प्रश्न हो। पछिल्लो समय देशको विभिन्न स्थानमा देखिएको सरकारी सुरक्षा प्रणालीको कमजोरी र सुरक्षा अनभिज्ञता, नीतिगत अनभिज्ञताले नागरिक सुरक्षालाई झन् असुरक्षित बनाएको छ।’

सरकारका व्यक्ति फेसबुकमा सीमित देखिएको भन्दै सरकारको उपस्थिति गोली, लाठी र दमनमा मात्रै भेटिन थालेको बताए।

उनले थपे, ‘सरकार असंयमित भए पनि जनता संयमित भएर बस्नलाई अहिले शान्त हुँदै गएको छ। यी कुराहरू सामान्य घटना होइनन्। सरकारको नीतिहीनता र प्रशासनिक कमजोरीको नजरमा हेर्दा घटनालाई सरकारले ढाकछोप गर्न सक्दैन। ढाकछोप गर्न मिल्दैन।’

उनले आफ्ना कमजोरी लुकाउन बनाइएको समितिले स्थायी समाधान नदिने बताए। भदौको घटनामा पनि सर्वस्वीकार्य आयोगको अभाव देखिएको बताए।

ranechhap