वि.सं.२०८३ साउन २० बुधवार

नबिल बैंकको वित्तीय सूचकमा उल्लेख्य सुधार, ३३.५० प्रतिशतले बढ्यो खुद नाफा

khanepani

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३३.५० प्रतिशतले बढी हो । त्यसबेला यस बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १९ रुपैयाँ १० पैसा कायम भएको छ ।

बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत आवसम्म बैंकले ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कुल सम्पत्ति ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा ४.२० प्रतिशत रहेको छ । बैंकको खुद निष्क्रिय कर्जा अनुपात ०.५८ प्रतिशत कायम भएको छ ।

ranechhap