काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५४ प्रतिशत बढी हो । त्यसबेला ३ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ५ करोड ११ लाख रुपैयाँ रहेको छ भने फि तथा कमिसन आम्दानी १ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ कायम भएको छ । सञ्चालन नाफा ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ७० करोड ५६ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य नाफा ११ रुपैयाँ ५३ पैसा कायम भएको छ । बैंकको लाभांश क्षमता २६.१५ प्रतिशत रहेको छ ।
यस्तै, बैंकको खराब कर्जा बढेको छ । अघिल्लो आवमा २.६२ प्रतिशत रहेको यस बैंकको खराब कर्जा गत आवमा ३.५३ प्रतिशत पुगेको हो ।
बैंकको कुल चुक्ता पूँजी १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले २ खर्ब ८० अर्ब ३२ करोड निक्षेप संकलन गरेर २ खर्ब ३३ अर्ब ८७ करोड कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा कोष १८ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।






































