वि.सं.२०८३ साउन १५ शुक्रवार

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु, २१९ जना घाइते

khanepani

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २१९ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनीमा २ जनाको मृत्यु भएको छ भने कर्णालीमा, कोशी, बागमती र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा २१९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १५ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १४ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १४ जना, बागमतीमा २ जना घाइते भएका छन् भने लुम्बिनीमा २० जना, सुदूरपश्चिममा १५१ जना र कर्णालीमा ३ घाइते भएका छन् ।

ranechhap