वि.सं.२०८३ साउन १५ शुक्रवार

संयोजक पुष्पकमल दाहाल प्रचण्डले बोलाए केन्द्रीय संयोजन समिति बैठक,केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने

khanepani

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी संयोजक पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएको प्रवक्ता प्रकाश ज्वालाले बताए।

उनका अनुसार बैठक दिउँसो २ बजे सुरु हुनेछ। बैठकमा तराई–मधेसमा भएका घटना, राजनीतिक घटनाक्रम, प्रदेश सरकार गठनलगायतको विषयमा छलफल हुने जनाइएको छ।

नेकपाले प्रदेशमा नेकपा एमालेसँग सत्ता समीकरण गर्ने तीन बुँदे सहमति गरेको थियो। सो सहमतिलाई लिएर सहसंयोजक माधव नेपालसहित ठूलो पङ्क्तिले असहमति राखेका छन्। आजको बैठकमा यो विषयले पनि प्रवेश पाउने नेताहरूले बताएका छन्।

ranechhap