काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको एक हजारले बढेर २ लाख ८५ हजारमा कारोबार भइरहेको छ । यस अघि विहिबार सुन तोलाको २ लाख ८४ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर तोलाको ४३६० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४३१० मा कारोबार भएको थियो ।






































