वि.सं.२०८३ साउन १४ बिहीवार

सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यू जारी

khanepani

जनकपुरधाम । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा मधेशका विभिन्न जिल्लामा प्रदर्शन फैलिन थालेपछि सिरहामा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको सुरक्षा अवस्थाको विश्लेषण तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा कर्फ्यू आदेश लागू गरिएको भन्दै सूचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको आदेशबाट दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि गोलबजार नगरपालिकाको (पूर्वतर्फ कसाह खोला, पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ सैनिक चोक र दक्षिणतर्फ राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस आसपासको क्षेत्र) मा पूर्ण रूपमा आवतजावत तथा भेला हुन रोक लगाइएको छ ।

कर्फ्यूसँगै सडक तथा बजारमा सुरक्षा तैनाथी पनि बढाइएको छ ।

ranechhap