वि.सं.२०८३ साउन ८ शुक्रवार

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी

khanepani

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र सम्बन्धी कागजात जारी गरेको छ । कार्यालयले सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ मा भएको व्यवस्था बमोजिम उक्त कागजात परिमार्जन गरी सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भण्डारीद्वारा जारी विज्ञप्ति अनुसार, सचिवस्तरीय निर्णयबाट गत २०८३ साउन ६ गते उक्त नमुना बोलपत्र सम्बन्धी कागजात संशोधन तथा परिमार्जन गर्ने निर्णय भएको थियो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ को उपदफा (३) को खण्ड (ग) को प्रावधान अनुसार सार्वजनिक निकायहरू, बोलपत्रदाता, बैंक तथा वित्तीय संस्था लगायत सम्बद्ध सम्पूर्ण सरोकारवालाहरूले बोलपत्रसम्बन्धी कागजात तयारी तथा प्रयोग गर्न सहज होस् भन्ने उद्देश्यले यो परिमार्जित डकुमेन्ट ल्याइएको कार्यालयले जनाएको छ।

ranechhap