वि.सं.२०८३ साउन ६ बुधवार

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु,१३९ जना घाइते

khanepani

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र बागमतीमा २-२ जनाको मृत्यु भएको छ भने गण्डकी र लुम्बिनीमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १३९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३३ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा २८ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १५ जना, बागमतीमा २ जना घाइते भएका छन् भने लुम्बिनीमा ४१ जना, सुदूरपश्चिममा १९ जना र कर्णालीमा १ घाइते भएका छन् ।

ranechhap