काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, काठमाडौँ उपत्यका, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ८१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २१ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १९ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १९ जना घाइते भएका छन् भने लुम्बिनीमा १४ जना, सुदूरपश्चिममा २ जना, बागमतीमा ४ जना र कर्णालीमा २ घाइते भएका छन् ।







































