बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
पुरघाटबाट ढोल्यामोडतर्फ जाँदै गरेको सुपप्र ०२-००१ त १६०० नम्बरको ट्याक्टर पुर्चौडी नगरपालिका–१ रोतेशिलामा बिहीबार दिउँसो करिब ३:३० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक कञ्चनपुरको साविकको सुडा गाविस–८ (हाल भीमदत्त नगरपालिका) का ४४ वर्षीय देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक भुवन तिमल्सिनाले जानकारी दिए ।
प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब २० देखि २५ मिटर तल खसेको छ । दुर्घटनाका बेला ट्याक्टरमा चालकबाहेक अन्य कोही सवार नरहेको प्रहरीले जनाएको छ ।






































