वि.सं.२०८३ असार २९ सोमवार

पानीमा भिज्दै सिंहदरबारको गेटमा धर्ना बस्ने निहारिका प्रहरीको नियन्त्रणमा

khanepani

काठमाडौँ । सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पानीमा भिज्दै निहारिका सिंह राजपूत र बिनु कठायत धर्नामा बसेका थिए ।

सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले मापदण्ड अनुसारको पास नभएको भन्दै रोकेको थियो ।

गृह मन्त्रालयमा गएर आफ्ना समस्या राख्न पाउनुपर्ने उनीहरूको माग छ ।

आवश्यक समन्वयको लागी दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

ranechhap