वि.सं.२०८३ असार २४ बुधवार

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ८८ जना घाइते

khanepani

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ भने कोशी र लुम्बिनी प्रदेश र काठमाडौँमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ८८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३० जना घाइते भएका छन् भने काठमाडौँमा १४ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २५ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ६ जना, बागमतीमा ९ र कर्णालीमा १ घाइते भएका छन् भने सुदूरपश्चिममा ३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

ranechhap