काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुनरवर्गिकरण गर्ने भएको छ । राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले मंगलबार यसबारे जानकारी गराएका हुन् ।
गभर्नर पौडेलले भने, ‘बैंक तथा वित्तीय संस्थाहरूको पुनवर्गीकरण गरी व्यवसायको आकार र प्रकृति अनुसारको विशिष्टीकृत सेवा सहितको बैंकिङ अवधारणमा अगाडि बढिनेछ ।’
राष्ट्र बैंकले बैंकहरुको शाखा खोल्ने र बन्द गर्नेबारेको नीतिमा लचकता प्रदान गर्ने भएको छ । वित्तीय सेवामा डिजिटलाइजेसनतर्फ उन्मुख गराउने तयारी गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको खर्च कटौतीलाई राष्ट्र बैंकले प्राथमिकता दिने गभर्नर पौडेलले जानकारी दिए ।






































