वि.सं.२०८३ असार २२ सोमवार

नेपालमा पशु तथा वन्यजन्तुका जीवनरक्षक औषधिको अभाव : उपचारमा गम्भीर चुनौती

khanepani

काठमाडौं । नेपालमा पशु, पन्छी र राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तुहरूको उपचारमा प्रयोग गरिने अत्यावश्यक जीवनरक्षक औषधिहरूको चरम अभाव देखिएको छ ।

औषधिको अभावका कारण उपचारको क्रममा रहेका पशुपन्छी र जंगली जनावरहरूको ज्यान जोखिममा परेको छ भने कतिपयको अकालमै मृत्युसमेत हुने गरेको छ ।

औषधि व्यवस्था विभागले हाल मानव उपचारमा प्रयोग हुने औषधि र भेटेरिनरी इन्जेक्टेबल औषधिका लागि डब्लुएचओ जिएमपी म्यानुफ्याक्चरिङ कम्पनीको इन्स्पेक्सन गरी दर्ता प्रक्रियामा कडा नीति अवलम्बन गरेको छ ।

उक्त कडा नीतिका कारण नेपालभित्रै कुनै पनि औषधि उद्योगले जीवनरक्षक औषधि उत्पादन गर्न नसकेको अवस्था छ ।

बजारमा औषधिको हाहाकार मच्चिँदा पशुपालक कृषकहरू थप मारमा परेका छन् । भने यसले समग्र पशु स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको छ ।

यसरी औषधि अभावकै कारण पशुपन्छी र वन्यजन्तुको मृत्यु हुने अवस्था आउनुमा औषधि व्यवस्था विभाग र स्वास्थ्य तथा खाद्य प्रविधि मन्त्रालय स्वयं जिम्मेवार रहेको आरोप लागेको छ ।

जीवनरक्षक भेटेरिनरी इन्जेक्टेबल औषधिहरूको दर्ता प्रक्रियालाई सहज र व्यावहारिक बनाउँदै आपूर्ति सुनिश्चित गर्नका लागि तत्काल प्रभावकारी पहल गर्न सम्बन्धित सरोकारवाला निकायहरुसँग पशुपालक कृषकहरूले माग गरेका छन् ।

ranechhap