वि.सं.२०८३ असार २१ आइतवार

डोल्पाको बाढीमा परेर गम्भीर घाइते भएका विकलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

khanepani

सुर्खेत । आइतबार बिहान डोल्पाको जगदुल्ला गाउँपालिका—५, गैरीगाउँमा आएको बाढीमा परी गम्भीर घाइते भएका ४४ वर्षीया रेउली विकलाई सुर्खेत ल्याएको छ ।

गम्भीर घाइते भएकी उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार, गृह मन्त्रालयको समन्वयमा विकलाई सुर्खेत पठाइएको हो ।

आइतबार बिहान १ बजेतिर सुतिरहेका बेला गैरीगाउँ खोलामा आएको बाढी घरमा पसेको थियो । बाढीबाट एक जनाको मृत्यु भइसकेको छ भने बाँकी ४ जना घाइते भएका थिए ।

ranechhap