काठमाडौँ । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्नेलाई छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामै देशका धेरै स्थानका पेट्रोल पम्पहरूले ‘पेट्रोल–डिजेल’ छैन भन्दै बिक्री वितरण बन्द गरेको सूचना प्राप्त भएको भन्दै उनले यस्तो माग गरेका हुन् ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै सांसद रोकायाले भने, ‘मूल्य बढ्दा भार बोक्ने जनताले घट्दा राहत किन नपाउने ?’ त्यस्तै उनले यसरी कृतिम अभाव सिर्जना गर्नेमाथि सरकारले तत्काल छानबिन गरी कारबाही गर्न माग गरे ।
उनले पेट्रोल–डिजेलको मूल्य घटेको अवस्थामा अविलम्ब सार्वजनिक यातायात र हवाई उडान भाडा पुनरावलोकन गर्न माग पनि गरे ।






































