वि.सं.२०८२ मंसिर २१ आइतवार

पश्चिम बंगाल र उडिसामा यासको बितन्डा

khanepani

एजेन्सी । भारतमा बुधबार जमिनमा आइपुगेको यास सामुद्रिक आँधीले बितन्डा मच्याएको छ। बुधबार दिउँसो जमिनमा आइपुगेको आँधीका कारण १३०देखि १४० किलोमिटर प्रतिघन्टाको गतिमा चलेको थियो। हावा र भारी वर्षाले पश्चिम बंगाल र उडिसाको जनजीवन अस्तव्यस्त भएको छ।

वर्षा र हावाले कैयौं घर भत्किएका छन्। बिजुलीका पोल ढलेका छन्। सडकमा रूख ढलेका छन्। बालीनाली नष्ट भएको छ। लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्नु परेको छ।

अहिलेसम्म उडिसामा ३ र पश्चिम बंगालमा १ जनाको मृत्यु भएको छ। पश्चिम बंगाल सरकारले १ करोड मानिस प्रभावित भएको जनाएको छ। छिमेकी झारखण्ड राज्यमा पनि आँधीको प्रभाव परेको छ।

यो आँधी अब उत्तर-पूर्व हुँदै अघि बढ्ने र क्रमशस् कमजोर हुँदै जाने बताइएको छ।

यास आँधीकै प्रभावले नेपालमा पनि बिहीबार सुदूरपश्चिमबाहेक देशैभरि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो आँधीको प्रभावले शनिबारसम्म नेपालको मौसम प्रभावित हुनेछ।