वि.सं.२०८२ असार ३० सोमवार


skip this manthali

कोरोना संक्रमणबाट एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको बुधवार राति निधन

काठमाडाैं। कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको बुधवार राति निधन भएको छ ।
बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेको कोरोना रिपोर्ट नेगेटिभ आए पनि निमोनियाका कारण स्वास्थ्यमा सुधार हुन नसकेको एमाले केन्द्रीय सदस्य तथा दैलेख जिल्ला सहइन्चार्ज विष्णु रिजालले बताए ।

न्यौपाने २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । एमाले कर्णाली प्रदेश कमिटी सदस्य रहेका न्यौपाने सांसदबाट निवृत्त भएपछि जीविकोपार्जनका लागि काठमाडौंमा किराना पसल चलाएर बसेका थिए ।

जाजरकोटमा एमाले पार्टी स्थापना गर्नेमध्येका एक रहेका शर्माले लामो समय जिल्लाको नेतृत्व गरेका थिए ।