वि.सं.२०८३ असार १० बुधवार

नेपाली बजारमा आज सुन तोलाको ३६ सयले घट्यो, चाँदीमा पनि गिरावट

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ३६ सयले घटेर तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ । यस अघि मंगलबार सुन तोलाको २ लाख ८७ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले घटेर तोलाको ४४८५ मा कारोबार भइरहेको छ । यस अघि मंगलबार चाँदी तोलाको ४५९० मा कारोबार भएको थियो ।

ranechhap