वि.सं.२०८३ वैशाख १८ शुक्रवार

प्रतिनिधि सभा विघटनबारे परेका १९ रिटको सुनुवाइ आज

khanepani

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत रिटमा सर्वोच्चले आजदेखि सुनुवाइ गर्ने भएको छ।

सर्वोच्चका अनुसार आजदेखि १९ रिटमा सुनुवाइ हुनेछ। यस्तै शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुनेछ जुन संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका रिट हुन्।

१४६ जना सांसदसहित कांग्रेस सभापति देउवा पनि रिट लिएर सर्वोच्च पुगेका थिए।

देउवालाई १४९ सांसदले गत शुक्रबार प्रधानमन्त्रीमा समर्थन गरे पनि दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा सोही दिन राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

त्यसपछि कांग्रेससहित विपक्षी ५ दलका सांसद प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च गएका थिए।

सर्वोच्चमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्नेमा पनि रिट परेका छन्। प्रतिनिधि सभा पुनर्स्थापना भए पनि ओलीलाई नै निरन्तरता दिनुपर्ने मागसहित ४ रिट परेका थिए।

ranechhap