वि.सं.२०८३ असार ८ सोमवार

जेन-जी आन्दोलनमा बैंकबाट लुटिएको सुनको क्षतिपूर्ति माग्दै ग्राहकहरूको प्रदर्शन

khanepani

काठमाडौं । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट सुन धितो राखेर कर्जा लिएकाहरूले वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् ।

जेन-जी आन्दोलनका क्रममा करिब १८ किलो सुन चोरी भएपछि अहिलेसम्म बैंकले कुनै राहत नदिएको भन्दै उनीहरूले सिंहदरबार प्लाजामा रहेको राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका हुन् ।

जेन-जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब १८ किलो सुन र सवा ५ करोड नगद लुटिएको थियो । ऋणको धितोका रूपमा राखिएको उक्त सुन हराएपछि क्षतिपूर्ति वा राहत दिनको साटो बैंक व्यवस्थापन पन्छिन खोजेको भन्दै आन्दोलन गर्नुपरेको सुन धितोकर्ता सरस्वती बस्नेतले बताइन् ।

सुन धितो राखेर कर्जा लिएकाहरूले कुल तौल बराबरको सुन फिर्ता गर्न माग गरेका छन् । प्रदर्शन गर्दै बैंकभित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरूलाई रोकेको थियो ।

प्रदर्शनकारीहरूले सरकारी बैंकलाई विश्वास गर्नु हाम्रो अपराध हो की के हो सरकार ? भन्दै प्रश्न गरेका छन् ।

ranechhap