वि.सं.२०८३ असार ४ बिहीवार

राजस्व चुहावटको प्वाल टाल्न सीमा क्षेत्रमा एआई प्रविधियुक्त सीसीटीभी क्यामरा जडान हुँदैछ : गृहमन्त्री गुरुङ

khanepani

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने सरकारको मुख्य दायित्व भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रहरी चेकिङमा पैसा मागेको विषय उठाएपछि उनले यस्तो जवाफ दिएका हुन्।

उनले भने, ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने यो सरकारको मुख्य दायित्व भएकोले प्रहरीका केन्द्रीय र प्रदेशका प्रमुखहरूलाई मातहतका कर्मचारीहरूको निगरानी गर्न र कार्य सम्पादन मूल्याङ्कनको आधारमा पुरस्कार तथा दण्ड दिने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छु।’

उनले आगामी आर्थिक वर्षमा सीमा क्षेत्रमा एआई प्रविधियुक्त सीसीटीभी क्यामरा जडान गरिने बताए।

उनले थपे, ‘आगामी वर्ष हामी केवल एआई प्रविधिको क्यामरासहित बोर्डरमा सीसीटीभी क्यामरा मात्र खरिद गरिरहेका छैनौँ, बरु नागरिकको भरोसा र राज्यको राजस्व चुहिने प्वालहरू टाल्ने काम गरिरहेका छौँ।’

बजेटमा सुरक्षाकर्मीको मनोबल बढाउन थप बजेट र कार्यक्रम व्यवस्था गरिएको बताए। गृह मन्त्रालयमा सेन्ट्रल कमान्ड सिस्टम जडान गरी देशभरि र बोर्डरमा समेत सबै सुरक्षा निकायको निगरानी र प्रभावकारी सूचना विश्लेषण गर्ने प्रणालीका लागि बजेट छुट्टाइएको बताए।

कानुन बमोजिम कार्य सम्पादन तथा जिम्मेवारी निर्वाह गरेमा प्रोत्साहन गरिने र कमजोर कार्य सम्पादन रहेमा कारबाही गर्ने नीति लिएकोले प्रशासनिक सुशासन कायम हुने विश्वास लिएको बताए।

ranechhap