वि.सं.२०८३ असार ४ बिहीवार

विवादित अभिव्यक्तिबारे मन्त्री लम्सालको प्रस्टीकरण- ठेकेदारलाई थर्काएको होइन बचाउन खोजेको

khanepani

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको विवादित अभिव्यक्तिबारे जवाफ दिएका छन्।

प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने भन्ने अभिव्यक्तिबारे नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रश्न सोधेका थिए।

त्यसबारे जवाफ दिँदै उनले ठेकेदारलाई थर्काएको नभई बचाउन खोजेको बताए।

उनले भने, ‘दुर्गममा बजेट नछोएर ठेकेदार थर्काको भन्ने कुरा गर्नुभयो। मेरो इन्टेन्सन त्यो होइन, इन्टेन्सन काम होस् भन्ने हो।

उहाँहरूले काम गर्नुभएन भने हामीले रद्द गर्नुपर्‍यो नि टेन्डर। रद्द भयो भने त उहाँहरूको त तीन–सात पुस्ता सकिन्छ। किन भने बैङ्क ग्यारेन्टी थुत्छ। बैङ्क ग्यारेन्टी, फोर्स लोन हुन्छ त्यो। फेरि बाँकी कामको लागि असुल–उपर गर्छ फेरि। त्यो कारणले गर्दा उहाँहरूलाई फेरि उठ्न असजिलो होला भन्ने हुन्छ।’

उनले आफ्नो आशय त्यस्तो नभएको जिकिर गरे।

उनले थपे, ‘उहाँहरूलाई बढीभन्दा बढी दबाब दिएर भए पनि काम गराउन खोजेको, त्यति हो। उद्देश्य त्यही हो। कसैलाई गाली गर्न मनै छैन नि, काम गर्देओस्, हामी चुपचाप लागेर बस्छौँ नि, खुसी हुन्छौँ। त्यो आशय यति हो हामीले उहाँहरूलाई बचाउनको लागि भनेको हो।’

ranechhap