वि.सं.२०८३ असार ४ बिहीवार

प्रधानमन्त्री कार्यालयबाटै अख्तियारलाई धम्की दिएको भन्दै विपक्षीको आपत्ति, छानबिनको माग

khanepani

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जीको लागि दबाब दिएको विषयमा सरकारको जवाफ मागेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री कार्यालय कोही मान्छेलाई बोलाएर बयान लिने ठाउँ नभएको बताए।

उनले भने, ‘प्रधानमन्त्री कार्यालय देशको कार्यकारी प्रमुखको कार्यालय हो, त्यो कोही मान्छेलाई बोलाएर बयान लिने ठाउँ होइन। संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर जबरजस्ती कोही मान्छेहरूमाथि थुनछेकका निम्ति र कारबाहीका निम्ति भनेर सत्ताको दुरुपयोग गरिराख्नुभएको यदि छ भने यो गम्भीर विषय हो। यसलाई छानबिन गरियोस्।’

उनले यस घटनाकाे सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न माग गरे। उनले मात्रै नभई नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङ र एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले पनि यो विषय सदनमा उठाए।

ranechhap