काठमाडौँ । नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक जना पुरुषको सकुशल उद्धार गरिएको छ । देवचुली नगरपालिका–११ स्थित धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेललाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो ।
बिहीबार बिहान उनी नदीमा हाम फालेका थिए । सशस्त्रको नम्बर ३१ गुल्म नवलपरासीबाट खटिएको टोलीले उनको उद्धार गरेर सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए । उद्धारपछि उनलाई उपचारको लागि चितवन पठाइएको छ । उनको अवस्था सामान्य छ ।
त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लार्चामा नदीमा अड्किएका एक जनालाई पनि सशस्त्रले उद्धार गरेको छ । बिहीबार सोही गाउँपालिका वडा नम्बर–१ लिस्ती बस्ने २३ वर्षीय सञ्जीव विकलाई उद्धार गरिएको डीएसपी थापाले जानकारी दिए ।
उनलाई उपचारको लागी धुलिखेल अस्पताल ल्याइएको छ ।









































