वि.सं.२०८३ असार १ सोमवार

नेपाली बजारमा आज सुन तोलाको पाँच हजारले बढ्यो, चाँदीमा पनि वृद्धि

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ५ हजारले बढेर तोलाको २ लाख ९८ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९३ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले बढेर तोलाको ५०१५ मा कारोबार भइरहेको छ । यस अघि आइतबार चाँदी तोलाको ४८९५ मा कारोबार भएको थियो ।

ranechhap